खेलकुद
संगीता सिंजाली मगर स्वर्ण जित्न सफल ।

काठमाडौं, ३० असोज ।
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको फिल्ड इभेन्ट हाइजम्पको महिलातर्फ त्रिभुवन आर्मी क्लबकी संगीता सिंजाली मगरले स्वर्ण जितेकी छन् ।
पोखरा रंगशालामा आयोजना गरिएको प्रतियोगितामा आइतबार बिहान फाइनल स्पर्धामा १ मिटर ५२ सेन्टिमिटर जम्प गरी संगीताले स्वर्ण जितेकी छन् ।
त्यस्तै आर्मीकै विन्दु थनेतले १ मिटर ५० सेन्टिमिटर जम्प गरेकी रजत जितेकि छिन् । गण्डकी प्रदेशकी सीमा श्रेष्ठले कांस्य जितिन सफल भएकी हुन । उनले १ मिटर ४१ सेन्टिमिटर जम्प गरिन् ।