अन्तर्राष्ट्रियखेलकुद

अफगानिस्तानले श्रीलंकालाई दियो ३ सय १४ रनको लक्ष्य ।

बाँके, १४ मंसिर ।

अफगानिस्तानले श्रीलंकालाई दियो ३सय १४ रनको लक्ष्य अफगानिस्तान र आयोजक राष्ट्र श्रीलंकाबीचको तीन एकदिवसीय खेलको शृंखलाको अन्तिम खेलमा बुधबार अफगानिस्तानले विपक्षी टोलीलाई ३सय १४ रनको लक्ष्य दिएको छ ।

आजको खेलमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । यस खेलमा अफगानिस्तानका ओपनिङ ब्याट्सम्यान इब्राहिम जाद्रान अन्तिम ओभरमा १ सय ६२ रन बनाएर आउट भए । नजिब जाद्रानले पनि ७७ रन बनाए । आजको खेलमा पहिलो पटक अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा सहभागी हुन लागेको अफगानिस्तानको टोलीमा नूर अहमद पनि परेका छन् ।

श्रीलंकाका ब्याट्सम्यान कासुन राजिथाले १० ओभरमा ६० रन दिएर अफगानिस्तानका तीन खेलाडीलाई आउट गरेका थिए । श्रीलंकाका स्लो बलर वानिन्दु हसरंगाले १० ओभरमा ६७ रन दिएर दुई विकेट लिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button