पाकिस्तान विरुद्ध भारतको ५ विकेटले जीत ।

बाँके, १३ भदौ ।
टी-२० क्रिकेट प्रतियोगितअन्तर्गत आइतबार राति भएको समूह ‘ए’ को बहुप्रतिक्षित भिडन्तमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ। दुबईमा भएको खेलमा पाकिस्तानले दिएको १४८ रनको लक्ष्य भारतले २ बल खेल्न बाँकी छदा ५ विकेटको क्षतिमा पार गर्यो।
भारतका ओपनिङ ब्याट्सम्यान केएल राहुललाई पाकिस्तानका नीशम शाहले शून्यमा पहिलो ओभरमै बोल्ड गरेका थिए। कप्तान रोहित शर्मा १२ रनमा आउट हुँदा विराट कोहलीले ३५ रन बटुले। कोहलीले ३४ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए। रोहित र विराट दुवैलाई पाकिस्तानका मोहमद नवाजले क्याच गराएका थिए। 
त्यसपछि सूर्यकुमार यादव २१ बलमा २४ रन बनाएर आउट भए। रविन्द्र जडेजा र हार्दिक पाण्ड्याबीच पाँचौ विकेटका लागि ५२ रनको साझेदारी भएको थियो। जडेजा अन्तिम ओभरको पहिलो बलमा ३५ रनमा आउट भए। उनले २९ बलमा २ चौका र २ छक्का प्रहार गरे।




