अन्य

कक्षा १२ को परीक्षामा ‘ननग्रेडेड’ले पनि एमबिबिएस परिक्षा दिन पाउने

उच्च अदालत, पाटनले कक्षा १२ को परीक्षामा ‘ननग्रेडेड’ भई फेल भएका विद्यार्थीलाई स्नातक तहको विभिन्न विधाका चिकित्सा शिक्षा पढ्नका लागि लिइने एकीकृत प्रवेश परीक्षामा सामेल गराउन  अन्तरिम आदेश दिएको छ।

चिकित्सा शिक्षा आयोगले कक्षा १२ को परीक्षामा ‘ननग्रेडेड’ भएकालाई सहभागी हुन नदिएपछि विद्यार्थीले उच्च अदालतमा रिट हालेका थिए।उनीहरूले रिटमा अंक पुनर्र्योगका लागि राष्ट्रिय परीक्षा बोर्डमा आवेदन दिएको र नतिजा आउनु अगावै आयोगले प्रवेश परीक्षाबाट वञ्चित गर्दा संविधानले सुनिश्चित गरेको शिक्षाको हक हनन भएको जिकिर गरेका थिए। न्यायाीधश हेमन्त रावलको इजलासले साउन २९ मा आयोगले कक्षा १२ को नतिजा अगाडि नै आवेदन दिन योग्य ठह¥याएर सूचना निकालेको र पुनर्र्योगका लागि गएका विद्यार्थीको नतिजा सुध्रिएर आएमा त्यस्ता विद्यार्थीलाई तत्कालै क्षति पुग्ने भन्दै उनीहरूलाई परीक्षामा सामेल हुनबाट नरोक्न अन्तरिम आदेश दिएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button