अन्तर्राष्ट्रियखेलकुद

नामिबियाले श्रीलंकालाई ५५ रनले हरायो ।

बाँके, ३० असोज ।
टी–२० विश्वकपको पहिलो खेलमै नामिबियाले श्रीलंकालाई ५५ रनले हरायो । टस जितेर श्रीलंकाले पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।
पहिले ब्याटिङ गरेको नामिबियाले १६३ रन बनाएको थियो । ओपनर माइकल वाङ लिङ्गेनले तीन विकेट गुमाउँदा नामिबियाले खराब सुरुवात गरेको थियो भने डेभान लाकको व्यक्तिगत ९ रनको स्कोर थियो ।
यसपछि यान निकोल लोफ्टी–इटनले २० र स्टेफन बार्डले २६ रन बनाए । कप्तान इरास्मस पनि २४ बलमा २० रन बनाएर प्याभिलियन फर्किए । तर, अन्तिम पाँच ओभरमा जेन फ्राइलिंक र जेजे स्मितले ६८ रन जोडे। फ्राइलिङ्कले ४४ र स्मितले ३१ रन बनाए ।
नामिबियाले श्रीलंकालाई १ सय ६४ रनको कुल लक्ष्य दिएको थियो । जवाफमा श्रीलंकाको टोली १०८ रनमा सिमित भयो ।
श्रीलंकाको सुरुवात पनि राम्रो हुन सकेन । श्रीलंकाको पहिलो दुई विकेट २१ रनमा नै खसेको थियो । कुसल मेन्डिस ६ र पाथुम निसान्का व्यक्तिगत ९ रनमा आउट भए । श्रीलंकाका लागि दासुन शान्काले २९ रन बनाए । उनी बाहेक भानुका राजपाक्षेले २० र धनञ्जय डि सिल्भाले १२ रन बनाए ।
एसिया कपमा भारत र पाकिस्तानलाई हराउँदै उपाधि जितेको श्रीलंकाले टी–२० विश्वकपको छनोट चरण खेल्नुपर्ने भएको छ ।
छनोट चरणमा टोलीलाई दुई समूहमा विभाजन गरी दुवै समूहका शीर्ष दुई टोली सुपर १२ मा पुग्नेछन् । सुपर १२ का आठ टोली यसअघि नै तय भइसकेका छन् । सुपर १२ का खेलहरु अक्टोबर २२ बाट सुरु हुनेछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button