अन्य
भारतीय टिभी च्यानलहरूको प्रसारण बन्द

सरकारले भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण बन्द गरेको छ। करिब दुई वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै प्रसारण रोकेका थिए।मन्त्रालयका अधिकारीका अनुसार, भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्कका च्यानलको प्रसारण रोकिएको छ। पन्ध्र चैत २०७९ देखि नै विदेशी मुद्रा सिफारिस हुन सकेको छैन।च्यानलहरूको प्रसारण रोकेर उनीहरुले सरकारलाई गलाउन खोजिरहेका छन् ।एक साउन २०८० देखि आलाकार्टा प्रणाली लागू भएपछि भारतीय च्यानलहरू आलाकार्टा मूल्य प्रणालीमा जान तयार भएका थिए । सुरुआती समयदेखि नै भारतीय टेलिभिजन च्यानलहरूले आलाकार्टा प्रणाली पालना गर्न आनाकानी गर्दै आइरहेका छन् । हाल सबै विदेशी च्यानल प्रदायकको करिब एक अर्ब विदेशी मुद्रा सिफारिस हुन सकेको छैन ।