अन्य
प्रधानमन्त्री हसिनाले मुलुक नै छाडेपछि के होला

बंगलादेशी प्रधानमन्त्री हसिनाले पदबाट राजीनामा दिएर भारत पसे लगत्तै सेना प्रमुख जनरल वकेर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठन हुने घोषणा गरेका छन् ।
सबै राजनीतिक दलसँगको छलफलपछि अन्तरिम सरकार बनाउने निर्णय गरिएको छ । राष्ट्रपतिसँग कुरा गरी स्थिति समाधान गर्ने प्रयास गरिने छ । हिंसा बन्द गर्न आह्वान गरिएको छ र मृत्युको न्याय सुनिश्चित गर्ने वाचा गरिएको छ । विद्यार्थीलाई आन्दोलन फिर्ता लिन अनुरोध गरिएको छ।