समाज
Trending

घर बनाउँदा ‘सेप्टिक ट्यांक’ र ‘सोक पिट’ अनिवार्य

वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ। सर्वोच्च अदालतले उपत्यकाका स्थानीय तहहरूका नाममा परमादेश जारी गर्दै घर बनाउँदा ‘सेप्टिक ट्यांक’ र ‘सोक पिट’ अनिवार्य गरेको हो। ‘काठमाडौं उपत्यकाभित्रका सम्पूर्ण नगरपालिकाले घर तथा व्यावसायिक भवनको नक्सा पास गर्दा ‘सेप्टिक ट्यांक’ र आकाशको पानी भूमिगत जलस्रोतमा मिसिने गरी अलग्गै ‘सोक पिट’ नबनाएसम्म नक्सा पास नगर्न’ निर्देशन दिएको छ। ‘घर निर्माण र तत्पश्चात् पनि बनेका संरचनाले मापदण्ड पालना गरेका छन् भन्ने विषयमा प्रभावकारी अनुगमन गर्ने/गराउने,’ पूर्णपाठमा भनिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button