मनोरञ्जनराजनीति

सरकारले टिकटकमाथिको प्रतिबन्ध किन हटायो

सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाएको छ ।सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथि लगाइएको प्रतिबन्ध खुला गरिएको र सामाजिक सञ्जाल सञ्चालन निर्देशिका सबै सामाजिक सञ्जालका लागि लागू हुने बताए। २०८० असोज २७ गते तत्कालीन पुष्पकमल दाहाल सरकारले सामाजिक सद्भाव भड्काएको भन्दै टिकटकमा प्रतिबन्ध लगाएको थियो।

सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पालना गर्दै टिकटक ले निम्न सर्तहरुको पालना गर्नुपर्ने बताइएको छ :

  1. सरकारद्वारा जारी गरिएको निर्देशिकाका नियम सामाजिक सञ्जालहरूले पालन गर्नुपर्छ।
  2. कुनै पनि सामाजिक सञ्जालले समाजलाई असर पर्ने गरी कार्य गर्न पाउँदैनन्।
  1. टिकटकले नेपालको पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा साक्षरता, गुणस्तरीय सार्वजनिक शिक्षा, र सामाजिक सञ्जालमा संवेदनशीलता अपनाउन सहयोग गर्नुपर्ने।
  2. टिकटकले सरकारद्वारा राखिएका सर्तहरू स्वीकार गरेपछि, नीतिगत रुपमा टिकटक खुला गरिएको छ।
  3. अब सबै सामाजिक सञ्जालले सामाजिक सद्भाव भड्काउने गरी कुनै पनि पोष्ट र सामग्री प्रसार गर्न पाउने छैनन्।
  4. सामाजिक सञ्जालहरूले समाजलाई असर गर्ने गतिविधि गर्न नपाउने प्रावधान निर्देशिकामा उल्लेखित छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button