अन्यशिक्षासमाज

शिक्षक आन्दोलनले उचाई चुम्दै

नेपाल शिक्षक महासंघले संघीय संसद्‌मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै काठमाडौंमा आन्दोलन सुरु गरेको छ।महासंघसँग भएको पटक पटक सम्झौताको पालना सरकारले नगरी उक्त विधेयक आएकाले यो आन्दोलन उअरेको हो प्रदर्शनले उक्त क्षेत्रको ट्राफिक अवस्था अस्तव्यस्त बनेको छ।

महासंघले शिक्षा मन्त्रीको वार्ता प्रस्तावप्रति अविश्वास  जनाउँदै आन्दोलन सुरु गरेको हो । मुलुकभर २७ हजार तीन सय ४३ सामुदायिक विद्यालय छन् भने स्थायी, अस्थायी र राहत गरी एक लाख ५७ हजार तीन सय ५४ शिक्षक कार्यरत छन् । सामुदायिक विद्यालयमा ५३ लाख ८२ हजार विद्यार्थी छन् ।

शिक्षक र विद्यालय कर्मचारीहरुको धर्नामा महासंघले संलग्नता जनाएको  छ। महासंघले शिक्षकहरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सृजना, बाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा सम्बोधन माग गर्दै छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button