
संखुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका ९ मा पर्ने सभाखोलामा गाडी धुने भन्दै गएका बाबु छोरा बेपत्ता भएका छन् ।
सोमबार दिउँसो करिब ३ बजेतिर खाँदबारी ७ का अन्दाजि ४० बर्षिय तारानाथ काफ्ले र उनका १५ बर्षिय छोरा सनम काफ्ले बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरिक्षक डिएसपी वीरेन्द्र गोदारले बताउनुभयो।
गाडी लिएर सोमबार सभाखोला गएका उनीहरू घर नफर्के पछि आफन्तले आज बिहान प्रहरीलाई खबर गरेका थिए । उनिहरुको खाेजी कार्य स्थानीय गाेताखाेरहरुकाे सहायतामा थालिएको छ।




