समाज

जमीन मुनि लुकाएका थिए १ सय ८० किलो गाँजा ।

 मो.मोजिबुल्लाह,

रौतहट, १७ मंसिर ।

रौतहट जिल्ला प्रहरीले भारी मात्रामा गाँजा बरामद गरेको छ । रौतहट सदरमुकाम गौर नगरपालिका ३ स्थित नेपाल भारत सीमासँग जोडिएको सेख अफरोज आलमको कुखुरा फार्ममै जमिन मुनि लुकाएर राखेको अवस्थामा प्रहरीले १ सय ८० किलो लागु औषधगाँजा बरामद गरेको छ ।

मकवानपुरबाट ल्याएर कुखुरा फार्मको बालुवा भएको जमिनमा गाडेर लुकाई भागेको अवस्थामा प्रहरीले जमिनबाट गाँजा निकाल्नुका साथै ट्रक र चालकलाई पनि नियन्त्रणमा लिन सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी बीर बहादुर बुढा मगरका अनुसार लिजमा जमिन लिएर भारतका सेख जमसैदले सञ्चालन गरेको कुखुरा फर्मबाट ठूलो परिमाणमा गाँजा बरामद भएको हो।

कुखुरा फार्मसम्म गाँजा पुर्याउने बागमती प्रदेश ०१–००६ ख २८३० नम्बरको ट्रक र ट्रक चालक मकवानपुरका सुरेन्द्र स्यांतानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कुखुरा फार्मका सञ्चालकहरू फरार भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी बीर बहादुर बुदा मगरले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button