अन्तर्राष्ट्रियराजनीतिसमाज

फिनल्यान्डकी प्रधानमन्त्रीको ड्रग रिपोर्ट नेगेटिभ ।

बाँके, ०७ भदौ ।

फिनल्याण्डकी प्रधानमन्त्री साना मारिनको ड्रग्स टेस्टको रिपोर्ट नेगेटिभ आएको छ । सरकारको तर्फबाट यो जानकारी दिइएको हो । केही दिनअघि साना मरीन पार्टी गरिरहेको भिडियो भाइरल भएको थियो जसमा उनी नाच्दै, गाउँदै र केही पिउँदै गरेको देखिएकी थिइन् । यो भिडियोलाई देखाउँदै उनले ड्रग्स पनि खाएकी थिइन् कि भनेर आशंका गरिएको थियो । त्यसपछि ३६ वर्गाकी मरिन शुक्रबार ड्रग्स टेस्ट गर्न राजी भएकी थिइन् ।​ फिनल्याण्डकी प्रधानमन्त्रीले आफूले कहिल्यै ड्रग्स नलिएको र पार्टीमा कुनै पनि गैर कानुनी काम नगरेको स्पष्टिकरण दिएकी छिन् । यद्यपि, उनले मदिरा भने सेवन गरेको स्वीकारेकी छिन् । यस पार्टीको एउटा भिडियो लीक भएको थियो, जसमा साना मरीन फिनल्याण्डकी पपस्टारसहित अन्य केही व्यक्तिसँग देखिएकी छिन् । सरकारले जारी गरेको विज्ञप्तिमा ‘परीक्षणमा ड्रग्सको अंश नभेटिएको’ भनिएको छ । यो परीक्षणका लागि प्रधानमन्त्री आफैंले पैसा दिएको पनि विज्ञप्तिमा उल्लेख छ । विशेष सल्लाहकार लिडा भ्यालिनलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले साना मरिनको पिसाबको नमूनाबाट कोकिन, अफिमबाट बनेको लागूऔषध, गाँजा आदि जाँच गरिएको बताएको छ ।
पार्टीको भिडियो सार्वजनिक भएपछि मरीनले धेरै राजनीतिज्ञहरूको आलोचनाको सामना गर्नु परेको थियो । विपक्षी दलका एक नेताले साना मरिनसँग ड्रग्स परीक्षण गराउन माग गरेका थिए । गत हप्ता एक पत्रकार सम्मेलनमा साना मरीनले आजसम्म आफूले लागूऔषधको सेवन नगरेको बताएकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button