अर्थतन्त्रसमाज

६ महिनामा असुली भएको भन्सार शुल्क निकै कम ।

बाँके, ६ पुष ।

नेपालगञ्ज भन्सार कार्यालयले यसवर्ष विगत भन्दा कम राजस्व उठाएको छ । गत वर्ष मंसिर महिनापछि नेपालगञ्ज भन्सार कार्यालयले उठाएको राजस्व लक्ष्यभन्दा आधा छ ।  बाँकेमा यो आर्थिक बर्षमा संस्थागगत रुपमा भन्सार छलीका घटना बढेर गएको लक्ष्य अनुसारको भन्सारले राजश्व असुली गर्नसकेको छैन । आर्थिक बर्ष २०७९/०८० सुरु भए देखी नै कुनै पनि महिनामा लक्ष्य अनुसारको राजश्व उठाएको छैन । आर्थिक वर्ष २०७८/७९ को  तुलनामा २०७९/८० मा  प्रतिशतका हिसाबले सबै भन्दा कम राजश्व उठने बर्ष हुन सक्ने सम्भावना हालका तथ्यांकले देखाएको छ ।

कार्यालयले श्रावन महिनामा लिएको लक्ष्य १७ अर्ब ८ करोड ८५ लाख ५५ हजार थियो जसमध्ये १ अर्ब ३५ करोड ४८ लाख हजार उठाउन सफल भएको छ । जुन विगतको ७५.७६ % भन्दा ३२.८४ ले छ । जबकी पछिल्लो श्रवणमा २० अर्ब १ करोड ७३ लाख ६९ हजार उठाइएको थियो । भदौको लक्ष्य  २ अर्ब २३ करोड ३६ लाख १३ हजार छ, जसमा  १ अर्ब ४३ करोड ४९ लाख १२ हजार राजस्व उठेको छ । जुन ६४.२५% को भन्दा  २२.८४ % ले कम छ । पछिल्लो भदौमा उठेको जम्मा रकम १ अर्ब ६४ करोड ६५ लाख ७१ हजार थियो । असोज महिनामा पनि कार्यालयले खासै राजस्व उठाउन सकेन । जम्मा लिएको लक्ष्य २ अर्ब ३४ करोड १८ लाख १४ हजार  थियो । जसमध्ये कार्यालयले १२ अर्ब ८५ करोड ५७ हजार उठायो । जुन ५४.८८ %  भन्दा   ३६.९२ % ले कम छ । जबकी  अन्तिम असोजमा कार्यालयले २अर्ब ३७ करोड २४ लाख ६ हजार थियो । कार्तिक महिनामा २०.३८ प्रतिशतले कम हुँदै राजस्व २ करोड अर्ब ३९ करोड ८२ लाख ७ हजार रहेको लक्ष्य मध्य १ अर्ब ५४ करोड ५६ लाख ५२ हजार छ । जबकी विगतको कार्तिकमा कार्यालयले १ अर्ब ९४ करोड १२ लाख ७२ हजार उठाएको थियो । त्यस्तै मंसिर महिनमा कार्यालयले २ अर्ब ४९ करोड ५० लाख ९ हजार लक्ष्यको १ अर्ब ३७ करोड ७४ लाख ६० हजार उठाएको छ । जुन ५५.२१% को भन्दा ३४.८०% ले कम छ । जबकी पछिल्लो मंसिरमा २ अर्ब ११ करोड २५ लाख ६१ हजार रकम असुली भएको थियो ।बांकेमा यो आर्थिक बर्षमा संस्थागगत रुपमा भन्सार छलीका घटना बढेर गएका छन ।

कार्यालयले यसवर्षको सुरुको ६ महिना भित्र लक्ष्य बमोजिमको राजस्व उठाउन नसक्नुको कारण बाँकेमा यो आर्थिक बर्षमा संस्थागगत रुपमा भन्सार छलीका घटना बढेर गएको हो । त्यस्तै मिलेमतोमा भन्सार छलेर ल्याईएका समान टान्सपोर्ट मार्फत सम्वन्धीत ठाउंमा लिने गरिएको बिभिन्न घटनाक्रमले सार्वजनिक भईसकेका छन ।
मिलेमतोमा संस्थागत तस्करीका समान नेपालमा ल्याएर घाटगददी गरेर बिभिन्न पसलको नाममा भ्याट बिल काटेर टान्सपोर्ट मार्फत पहाडी जिल्लामा पु–याउने काम जिम्मेवार निकायका कर्मचारीहरुको गैजिम्मेवारी कदम बढेर गएको अवस्था रहेको छ ।

भन्सारमा प्रमुख नै अस्थिर अर्थात फेरिरहने प्रबृती र जिल्लामा एक आपसमा समन्वयको अभाव, सबै निकायको आ–आफनै दम्भ गै–जिम्मेवारी पन बढेर गएको अवस्था । नेपाली उपभोक्ताका लागी आवश्य बस्तु तथा समान प्रसस्तै पाउनु र भन्सार नउठनुमा सम्वन्धीत पक्षको प्रक्रियागत मिलेमतोको प्रसस्त आशंका । भन्सार छलीका घटनाका ब्यक्तीलाई कडा कार्बाही नगरी समान जफत गरि मिलेमतोमा छाडने छोडाउने कार्य बढनु । केही हद सम्म कृर्तिम आर्थिक तरलताको अभाव देखाएर निश्चित पुंजीपतीले खोलेका बैंकहरुले आफुले मनले चाहने अर्थात मिलेमतोमा लगानी गर्ने परिपार्टीको बिकास हुनु । आदी लगायतका कारण नेपालगञ्ज भन्सारमा लक्ष्य अनुसारका भन्सार महसुल नउठनुको कारण देखिएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button