ताजमहलको नाम परिवर्तन गर्न प्रस्ताव ।
भारतीय जनता पार्टीबाट उत्तर प्रदेश मुख्यमन्त्री बनेका योगि आदित्यनाथले ताजमहलको नाम परिवर्तन गर्न प्रस्ताव राखेका छन् । ऊनी मुख्यमन्त्री बने देखि विभिन्न सहरको नाम परिवर्तन गरिएको छ । विशेष गरि मुस्लिमहरुले बनाएका भवन र सहरहरुको नाम परिवर्तन गरिएको छ ।

नयाँदिल्ली, १६ भदौ ।
उत्तर प्रदेशमा योगी आदित्यनाथ मुख्यमन्त्री भएपछि विभिन्न सहर, सडक तथा महलहरूको नाम फेरिन थालिएको छ । विशेषगरी विगतमा मुस्लिम शासकहरूले राखेका नामलाई योगीको शासनकालमा फेर्न थालिएको हो । त्यही क्रममा विश्वप्रसिद्ध ‘ताज महल’ को नाम फेरिने प्रस्ताव पनि गरिएको छ । आगार नगम निगमले ताज महलको नाम बदलिने प्रस्ताव ल्याएको छ । परिषद्मा ताज महलको नाम ‘तेजो महालय’ राख्ने प्रस्ताव गरिएको छ ।
परिषद्ले पारित गरेमा र त्यसलाई योगी क्याबिनेटले स्वीकृत गरेको खण्डमा नाम फेरिनेछ । तर, यो पुरातात्त्विक संरक्षित स्मारक रहेकाले यसको नाम फेर्न केन्द्र सरकारको पनि निर्णय हुनुपर्नेछ । ताज महलमा शिवको मन्दिर रहेको विवाद बढाइएकै बेला नाम फेरिने प्रस्ताव पनि आएको हो ।
पछिल्लो चार वर्षमा आगारमा ८० वटा सडकको नाम फेरिएको छ । त्यहीअनुसार ताज महलको नाम फेर्न पनि आवाज उठ्दै आएको छ । ताज महलमा हिन्दु सभ्यतासँग जोडिएका तथ्यहरू रहेको भन्दै हिन्दु संघ/संस्थाहरूले त्यस्तो आवाज उठाउँदै आएका छन् । त्यहाँ पूजाआजा गर्न पाउनुपर्ने माग पनि उनीहरूको रहँदै आएको छ । आगराका मेयर नवीन जैनले परिषद्को बैठकमा ताज महलको नामका विषयमा छलफल हुने मिडियाहरूसँग बताएका छन् ।




