अर्थतन्त्रसमाज

जुम्लामा ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता ।

जुम्ला, १७ भदौ ।

जुम्लाका तत्कालीन कार्यालय प्रमुख शेरबहादुर श्रेष्ठसहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भू तथा जलाधार कार्यालय जुम्लाका ६ जनाले भ्रष्टाचार गरेको भन्दै शुक्रबार मुद्दा दर्ता गरेको हो ।

भ्रष्टाचार मुद्दामा शेरबहादुर श्रेष्ठसहित सव-इन्जिनियर दानबहादुर वुढ्थापा, सचिव लोकजङ्ग दमाई, सोरु गाउँपालिका ४ का तत्कालीन वडाध्यक्ष डवले शाही, दैरीखोला रावलवाडा तटबन्धन आयोजना उपभोक्ता समितिका अध्यक्ष हस्तवीर दमाई,र कोषाध्यक्ष भिमलाल दमाई छन् ।उनीहरुले मुगुको सोरु गाउँपालिका ४ स्थित दैरीखोला रावलवाडा तटबन्धन कार्यक्रमका लागि आएको तारको जाली बिक्री गरी १८ लाख १० हजार ८४ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button