राजनीतिसमाज

राष्ट्रिय सभाबाट नागरिकता विधेयक हुबहु पारित ।

काठमाडौँ, १७ भदौ ।
शुक्रबार बसिएको राष्ट्रिय सभा बैठकले नागरिकता विधेयक २०७९ हुबहु पारित गरेको छ ।
राष्ट्रिय सभाको बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाएइको विधेयक प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ लाई बहुमतले हुबहु पारित गरेको हो ।

राष्ट्रिय सभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नेपाल नागरिकता पहिलो संशोधन  विधेयक, २०७९ प्रस्तुत रुपमा  जस्ताको त्यस्तै पुनः पारित गर्ने प्रस्ताव पेस गरेका थिए । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button