राजनीति
प्रत्येक निर्वाचन क्षेत्रमा एउटा सदस्य पठाउने`माओवादी´ ।

काठमाडौँ, २३ भदौ ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेशले प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक केन्द्रीय सदस्य खटाउने निर्णय गरेको छ । बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको आइतबार ललितपुरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बागमती प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक केन्द्रीय सदस्य खटाउने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
सो बैठकमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएका छन् । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि २० भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएका हुन् ।



