अन्तर्राष्ट्रियराजनीति

मुनि भन्छन – नाकाबन्दी लगाउनु गलत

भारतले नेपालमा संविधान जारी गर्ने क्रममा लगाएको नाकाबन्दीका तीन कारण औंल्याएका छन्।

भारतीय प्रोफेसर मुनिका अनुसार पहिलो  कारण मधेशको असन्तुष्टिलाई  बताएका छन्। दोस्रो कारण  संविधानमा धर्म निरपेक्षता राख्नु थियो। तेस्रो कारण  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा मधेश घुम्न र त्यहाँको जनतासँग अन्तरक्रिया गर्न चाहन्थे तर सो अवसर दिनबाट  नेपाल पन्छिएपछि नाकाबन्दी लगाइएको हो।’

उनले नाकाबन्दी लगाउनु गलत रहेको आफूहरुले सल्लाह दिएको पनि सुनाए। ‘त्यही नाकाबन्दीका कारण भारतसँग नेपाल फेरि चिढियो। बच्चा–बच्चाहरुले भारतले कारण नाकाबन्दीको बेला दुख पाएको, हजुरबुवा, आमाले औषधि खान नपाएको, बच्चाले दुध खान नपाएको बुझेका छन्। यो उनीहरुको दिमागबाट हटाउन भारतलाई अझै ४०–५० वर्ष लाग्छ।’ मुनिका अनुसार भारतले मधेशलाई प्राविधिकरुपमा मात्र हेरेको छ। ‘भारतले मधेशलाई रणनीतिरुपमा हेर्नुपर्थ्यो। तर, प्राविधिकरुपमा मात्र प्रयोग गरिरहेको छ,’ उनले भने,‘मधेशलाई धेरै माया गर्‍यो भने संघीय सरकार चिढिने भारतको मनोविज्ञान छ। त्यसैले भारतले मधेशलाई प्राथमिकतामा राखेर खसआर्य सत्तालाई अरु देशतिर ढल्किन दिने मनसायमा छैनन्।’ मुनिले संविधान जारी भइरहेको बेला भारतले तत्कालीन बिदेश सचिव जय शंकरलाई नेपाल पठाएर दबाब दिनु गलत भएको पनि बताए। उनले संविधानमा मधेशको इस्यू समेट्न सबै दलका मधेशी सांसदलाई मत प्रकट नगर्न लविङ गरेको भए भारतका लागि उत्तम हुने विचार राखे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button