नेपाल विद्यालय कर्मचारी परिषद् र शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनौपचारिक वार्ता भएको छ। शुक्रबार शिक्षामन्त्रीका प्रेस सल्लाहकारसँग अनौपचारिक वार्ता भएको परिषदका उपमहासचिव प्रेम बहादुर खत्रीले जानकारी दिए। ‘शिक्षामन्त्रीका प्रेस सल्लाहकारसँग मागको विषयमा अनौपचारिक वार्ता भयो,मागहरु पूरा गर्ने आश्वासन प्राप्त भएको छ,तर यसमा हामी विश्वस्त छैनौँ,’ खत्रीले भने ।
उनले लिखित रुपमा वार्ता गर्ने र सबै माग पूरा भएपछि मात्रै आन्दोलनका कार्यक्रम रोकिनेबताउँदै यतिखेर आन्दोलन जारि रहने जानकारी दिए। आज र भोलि डिजिटल आन्दोलन छ,भोलि शिक्षामन्त्री,अर्थमन्त्री र सम्बन्धित विभागका पदाधिकारीहरूलाई मागको विषयमा एसएमएस गर्ने कार्यक्रम भएको बताए ।
उनले भाद्र १२ गतेदेखि १८ गतेसम्म देशभरका सामुदायिक विद्यालयको पठनपाठन ठप्प पारी बन्द गरिने जानकारी दिए।



