शिक्षा
महानगरपालिकामा प्र.अ. पदका लागि विज्ञापन
काठमाडौं महानगरपालिकाले ७१ वटा सामुदायिक विद्यालयको प्रधानाध्यापक पदका लागि दरखास्त आव्हान गरेको छ। महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) को दफा २९ क. बमोजिम प्रधानाध्यापक छनोट गरिने भएकाले दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुक्ति सम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त आव्हान गरिएको छ। कक्षा १-५को आधारभूत तहमा ६ जना, कक्षा १-८ को आधारभूत तहका लागि २१ जना र माध्यामिक तहका लागि ४४ जना प्रधानाध्यापक माग गरिएको उनको भनाइ छ। उनका अनुसार शिक्षा नियमावली बमोजिम प्रा अ को छनोट गरिने छ।

