समाज
नेपाली नारीहरुलाई प्रधानमन्त्री देउवाले दिए तीजको शुभकामना ।
तीजको अवसरमा समानता कायम होस् । मेलमिलाप शान्ति सद्भाव कायम होस् `देउवा´ ।

काठमाडौँ, १४ भदौ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा शुभकामना ब्यक्त गरेका छन् । नेपाली धार्मिक एवं सांस्कृतिक परम्परालाई संरक्षण एवं सम्बर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको जनाउँदै प्रधानमन्त्री देउवाले स्वदेश तथा विदेशमा रहेका नेपाली नारीहरुमा सुस्वास्थ्य, दीर्घायू तथा प्रगतिको शुभकामना दिएका छन् ।
तीजले नेपाली समाजमा विद्यमान लैंगिक, जातीय, वर्गीय र सबै किसिमका असमानताहरूको अन्त्य गर्ने विश्वास प्रधानमन्त्रीको विश्वास छ । यस पर्वले आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकताको आधार स्तम्भको रूपमा स्थापित हुने दिशामा एकजुट भएर अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भनी कामना प्रधानमन्त्री देउवाको छ ।



