बाँके, ११ पुष ।
नेपालगञ्ज उद्योग वाणिज्य संघले नेपाल राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाएको छ । बैंकको चर्को ब्याजदरका कारण नेपाली व्यवासायीहरुकोलाई सास्ती भएको भन्दै सोमबार बृहत र्याली सहित बैंक अगाडि संघद्वारा धर्ना बसिएको हो । सयौं व्यावसायिहरुको नेपालगञ्ज उद्योग वाणिज्य संघको कार्यलय देखि त्रिभुवन चोक , त्रिवेणी मोड सेतु बिक चोक हुँदै धम्भोजी चोक स्थित राष्ट्र बैंकमा कडा विरोध पर्दर्शन गरेका छन् । नेपालगञ्ज उद्योग वाणिज्य सँघका अध्यक्ष अब्दुल मन्सुर उर्फ चुन्नाले सभालाई सम्बोधन गर्दै बताए, बैंकको चर्को ब्याजदरले ब्यापारीहरु मर्ने अवस्थामा पुगेका छन् । भएजतिको आय सबै कर बुझाउने र ब्याज तिर्ने अवस्थाले ब्यापारीहरुलाई सास्ती भएको छ । लामो समय देखि बैंकको लोनिङ बन्द भएकोले लगानी जुटाउन र मुद्रा चलायमान राख्न कठिनाइ पैदा भएको छ । एक तिर नेपाल राष्ट्र बैंकको नीति भित्र ब्यापारी मिचिएका छन् भने आर्को तिर खुला सिमानाकाले ब्यापारीहरुको अवस्था दुर्बल र निर्दय बनाएको छ । उनले भने राष्ट्र बैंकले ल्याएको नीति फिर्ता नगरे हामी देशब्यापी विरोध पर्दर्शन गर्नेछौं । त्यस्तै संघका सचीव चिरञ्जीवी ओलिले पनि आफ्नो भनाइ राख्दै ब्यापारीहरुको समस्या समाधान गरे । उनले ९ बुँदा सहितको ज्ञापन पत्र समेत नेपाल राष्ट्र बैंकलाई बुझाए ।

सोही बिरोध सभामा नेपालगञ्ज उपमहानगरपालिकाका पुर्व मेयर तथा नव निर्वाचित प्रतिनिधि सभा सदस्य धवल शम्शेर राणाले समेत सहभागिता जनाए । उनले ब्यापारीहरुले पटकपटक विरोध तथा धर्ना गर्दै आएपनी बैंकको ध्यानाकर्षण नहुनु दुख:द बताए । उनले भने बैंक ले ब्यापारीहरुको समस्या तत्काल समाधान नगरे चरम आन्दोलनमा जानेछौं ।

त्यस्तै नेपालगञ्ज उपमहानगरपालिका वर्तमान मेयर प्रशान्त विष्टले समेत बको चर्को ब्याजदर र लोनिङ कर्जालाई व्यवस्थित र मर्यादित बनाउन माग गरे । उनले भने ब्यापारीहरुको समस्या समाधान नभए नेपालगञ्ज उपमहानगरपालिकाले समेत विरोध पर्दर्शनलाई निरन्तरता दिनेछ । सभामा पुर्व महासचिव ,अध्यक्ष , तथा सदस्यहरु लगायत सयौं ब्यापारीहरुले सहभागिता जनाएका थिए ।
Back to top button