अर्थतन्त्रराजनीतिसमाज

मिटरव्याजमा सोचेभन्दा धेरै उजुरी आयो, छानबिन गरी कारबाही गर्छौं`गृहमन्त्री खाण´

काठमाडौ, ०७ भदौ ।

गृहमन्त्री बालकृष्ण खाणले मिटरव्याज पीडितहरूबाट अहिलेसम्म एक हजार ९ सय ३७ वटा उजुरी प्राप्त भएको बताएका छन्।
गृह मन्त्रालयले मिटरव्याज अपराध अध्ययन गर्न कार्यदल नै बनाएर उजुरी आह्वान गरेको थियो। कतिपय जिल्लामा मिटरव्याज अपराधविरूद्ध उजुरी नै नआएपछि सार्वजनिक सूचना जारी गरेर उजुरी आह्वान गरिएको थियो।
‘भदौ ५ गतेसम्म एक हजार नौ सय ३७ उजुरी आएका छन्। सबै उजुरीमाथि छानबिन गरी कानून अनुसार कारबाही गर्छौं,’ गृहमन्त्री खाणले भने। मिटरव्याज अपराधमा जहिले पनि उजुरी दिन सकिने उनले बताए। यसका लागि हदम्याद नतोकिएको उनको भनाइ थियो।
प्रदेश नम्बर १ मा ९२ वटा उजुरी आएका छन्। सबैभन्दा धेरै मिटरव्याज अपराधमा मधेश प्रदेशमा उजुरी आएका छन्। खाणका अनुसार मधेश प्रदेशमा एक हजार तीन सय ३० उजुरी प्राप्त भएका छन्।
बागमतीमा २०२, गण्डकीमा ३५, लुम्बिनीमा २११, कर्णालीमा २२ र सुदूरपश्चिममा ४५ वटा उजुरी आएको गृहमन्त्री खाणले जानकारी दिए।
‘मिटरव्याज अपराध उजुरीउपर छानबिन गर्छौं। दोषी पाइएमा कानूनअनुसार कारबाही गरिन्छ,’ उनले भने, ‘छोटो समयमा सोचेभन्दा व्यापक उजुरी आयो। यो विषय प्राथमिकता दिनुपर्ने देखिएको छ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button