दुर्घटनासमाज

सुन्सरीमा दुर्घटनामा परि दुई प्रहरी जवानको मृत्यु ।

सुन्सरी, १८ भदौ ।
सुन्सरी जिल्लाको कोशी गाउँपालिका वडा नम्बर १ मा दुर्घटनामा परि दुई जना प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी सप्तकोसी नगरपालिका–३ का प्रहरी हवल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्रहरी सहायक हवल्दार प्रकाश गोजेवार रहेका हुन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा६०प ४४९२ नंको मोटरसाइकललाई पिपरीत दिशाबाट आउँदै गरेको को२च २६४९ नंको पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी गराएको हुन् । चौधरीको घटना स्थल मै मृत्यु भएको थियो भने गोजेवरको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । चौधरी श्रम तथा रोजगार मन्त्रालय प्रदेश नं १ मा कार्यरत जवान हुन् , भने गोजेवार मोरङको धनपतिमा कार्यरत रहेको बताइएको छ । ठक्कर दिने सवारी चालक कोसी गाउँपालिका–३ का दीपक गोसाईँलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button