अन्तर्राष्ट्रियराजनीति

तालिबानी रक्षा मन्त्री र अरबका राष्ट्रपति बीच भेटघाट ।

बाँके, १९ मंसिर ।

संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले तालिवान सरकारको रक्षा मन्त्रालयका कार्यवाहक निर्देशक मुल्लाह मुहम्मद याकूब मुजाहिदसँगको भेटमा सहयोग सम्बन्धबारे छलफल गरेका छन्। संयुक्त अरब इमिरेट्सको राज्य समाचार एजेन्सी “WAM” को समाचार अनुसार, यो भ्रमण हिजो राती इमिरेट्सको “अल शाती” दरबारमा भएको थियो। दुवै पक्षबीच चासोका विषयमा छलफल भएको विज्ञप्तिमा उल्लेख छ । तालिबान सरकारले पनि यस भेटमा दुवै पक्षले द्विपक्षीय सहयोगको विकासका बारेमा छलफल गरेको बताएको छ । तालिवान अधिकारीहरूले गत शनिबार मुल्लाह मुहम्मद याकुब मुजाहिदको नेतृत्वमा तालिवान प्रतिनिधिमण्डल संयुक्त अरब इमिरेट्स आइपुगेको घोषणा गरेका थिए।संयुक्त अरब इमिरेट्सले हालसम्म तालिबान सरकारलाई मान्यता दिएको छैन, तर उनीहरूसँग कुनै न कुनै प्रकारको अन्तरक्रियामा संलग्न छ। तालिबान सरकारले संयुक्त अरब इमिरेट्सको GAC नामक कम्पनीसँग काबुललगायत तीन ठूला विमानस्थलहरूको सुरक्षा र व्यवस्थापन सम्झौता गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button