राजनीति

काङ्ग्रेसले ७७ जना सदस्यलाई कार्वाही गर्‍यो ।

काठमाडौ, २३ कार्तिक ।

नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिने तथा तथा प्रस्तावक तथा समर्थकलाई कारबाही गरेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिले मंगलबार विज्ञप्ति जारी गर्दै पार्टी र पार्टीले समर्थन गरेका उम्मेदवार दिने ७६ नेता तथा कार्यकर्ताको साधारण सदस्यसमेत नरहेनेगरी पाँच वर्षका लागि कारबाही गरेको हो ।

‘पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ संशोधन सहित को धारा ३४ को उपधारा ४ (क) अनुसार ५ वर्षका लागि देहायका व्यक्तिलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ, कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

वागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरूको नामावलीसमेत अभिलेखबाट हटाइने जनाउँदै उसले चितवन–३ बाट उमेदवार बनेका केन्द्रीय सदस्य दिनेश कोइरालालाईका नेतालाई कारबाही गरेको छ।

त्यस्तै, पूर्वकेन्द्रीय सदस्य हेमराज तातेड, पूर्वसांसद अमरेशकुमार सिंह, पूर्वराज्यमन्त्री राजेन्द्र बहादुर सिंह, पर्साका पूर्वसभापति अजय द्विवेदी, बझाङका पूर्वसभापति हर्कजंगबहादुर सिंह र धनुषा ३ का सभापति हरिशंकर साह, मीनाकुमारी गुरुङ, सन्तमान केरुङ पाँचथर, वालानन्द दाहाल धनकुटा सुरेशकुमार पोखरेल झापा, फणिन्द्र थापा मोरङसहितका नेताहरूलाई कारबाही गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button