राजनीतिसमाज

पुर्व मेयर भीमबहादुर साउदलाई कार्वाही गर्ने चेतावनी ।

कैलाली, ०३ भदौ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी डडेल्धुराले परशुराम नगरपालिकाका पूर्वमेयर एबम् राजेन्द्र निर्माण सेवाका सञ्चालक भीमबहादुर साउँदलाई कारबाही गर्ने चेतावनी दिएको छ। बिहीबार जिल्ला समितिले विज्ञप्ति जारी गर्दै साउदले बुडर–दैजी सडक खण्डमा काम गर्ने मजदुरको ज्याला नदिएको भन्दै कारबाही गर्ने चेतावनी दिएको हो।

‘राजेन्द्र निर्माण सेवाका सञ्चालक भीमबहादुर साउदले बुडर–दैजी सडकमा काम गर्ने मजदुरको पारिश्रमिक अहिलेसम्म पनि नदिएको र मजदुरको ब्याजसहित यथासिघ्र भुक्तानी नभएको खण्डमा पार्टीले जनकारबाही गर्न बाध्य हुनेछ।’ कमरेड धरातल द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उता नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका राजेन्द्र निर्माण सेवाका सञ्चालक साउदले ज्यालाको कुरा विशुद्ध राजनीतिक फण्डा भएको बताए ।

उनले काम गर्ने सिलसिलामा कहिकतै कुनै मजदुरको ज्याला दिन बाकी रहेको भए २/३ दिनभित्रै चुक्ता गरिने बताए । उनले मजदुरलाई अफ्ट्यारोमा पारेर आफूले अहिलेसम्म कुनै पनि काम नगरेको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button