राजनीति
नेता कृष्ण सिटौलालाई राष्ट्रिय सभा टिकट
नेपाली कांग्रेसले कोशी प्रदेशबाट नेता कृष्ण सिटौलालाई राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ। संसदीय बोर्डको बैठकले उम्मेदवार बनाउने निर्णय गरेको हो जसका लागि सानेपा कार्यालयमा आइतबार बसेको थियो। नेता सिटौला राष्ट्रिय सभाको टिकट पाएपछि कोशी प्रदेशको राजधानी विराटनगरमा गएका छन्। कांग्रेसले पाएका १० सिट मध्ये ९ सिटमा सहमति हुन् बाँकि छ ।




