अन्तर्राष्ट्रियअन्य
अष्ट्रेलियामा नेपालीको बसोबास एक लाख ३० हजारभन्दा बढी
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गर्नुभएको छ। द्विपक्षीय हित, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमणलगायतका विषयमा छलफल भएको छ। भेटमा अध्यक्ष तिमिल्सिनाले सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको उल्लेख गर्नुभएको छ ।राजदूत भोल्कले अष्ट्रेलियामा नेपालीको बसोबास एक लाख ३० हजारभन्दा बढी भएको बताउनुभएको छ र उहाँका अनुसार नेपाली भाषा अष्ट्रेलियामा तेस्रो स्थानमा रहेको छ। अध्यक्ष तिमिल्सिनाले अष्ट्रेलिया र नेपालका बीच सिधा हवाई उडान संचालन गर्न सकेमा त्यसबाट दुबै देशले लाभ लिन सक्ने कुरामा जोड दिए।


