अन्यअर्थतन्त्र

वाणिज्य बैंकले फेरि बढाए ब्याजदर

वाणिज्य बैंकहरुले आगामी असोज महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। उनीहरुले ब्याजदर कार्टेलिङ को अन्त्य गरेसँगै साउनदेखि फरक फरक ब्याजदर निर्धारण गर्दै आएका छन्। अधिकांश बैंकहरुको ब्याजदर दुई महिनाको अवधिमा बढेको छ। १९ वाणिज्य बैंकले असोजका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। ८ वाणिज्य बैंकले व्यक्तिगत मुदद्दति निक्षेपमा अघिल्लो महिनाको तुलना ब्याजदर घटाएका छन्। ७ बैंकको ब्याजदर अघिल्लो महिनाको तुलनामा बढेको छ। ४ वटा बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई  निरन्तरता दिएका छन्। हिमालयन बैंकको ब्याजदर भदौको तुलनामा असोजमा १.०६ प्रतिशतले बढेर ११.०५ प्रतिशत पुगेको छ। सबैभन्दा धेरै ब्याजदर प्रइम कमर्सियल बैंकले दिने भएको छ। यस बैंकले ११.३६ प्रतिशत ब्याजदर दिने जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button