राजनीति
ओली भन्छन्: विद्याको पुनरागमनले पार्टीमा समस्या ल्याउछ
भण्डारीले एक टेलिभिजन अन्तर्वार्तामा राजनीतिमा आउने संभावनाबारे सोधिएको प्रश्नमा ५०प्रतिशत संभावना रहेको बताएकी थिइन् । तत् पश्चात पूर्वराष्ट्रपति भण्डारी सक्रिय पार्टी राजनीतिमा फर्किने चर्चा चलिरहेको छ । तर एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यसलाई अस्वीकार गरेका छन् । विभिन्न विषयमा लगातार संसद् अवरुद्ध गर्दै आएको एमालेले उच्चस्तरीय न्यायिक आयोगको आवश्यकताको बारेमा आफ्नो धारणा राख्न केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले पुनरागमनले समस्या ल्याउने प्रयास भन्दै टिप्पणी गरेका छन् ।




