राजनीति

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवलाई कार्वाही गर्न निर्देशन ।

बाँके, ३ कार्तिक ।
रौटहट- १ बाट उम्मेदवारी दिएका  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन आयोगले निर्वाचनलाई  प्रभाव पार्ने कसूर गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्देशन दिएको छ । आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारवाही गर्न जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको हो । ऐनको दफा २० मा उम्मेदवारले मतदातालाई लोभलालच वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था उल्लेख छ । तर नेता नेपालले मतदातालाई फ्रि भिसा, फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाएको भन्दै आयोगले दफा ३९ अनुसार कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्देशन दिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button