राजनीति
न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक

सरकारमा सहभागी पाँच राजनीतिक दलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री कार्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो ।
नीति तथा कार्यक्रममा संविधानको मर्म र भावना विपरीत राज्य सञ्चालनमा देखिएका विचलन रोकी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विद्यमान आर्थिक शिथिलता, दण्डहीनता एवम् व्यावसायिक निराशालाई चिर्दै जनतामा राज्यप्रति आशा र भरोसा पैदा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
यसको मुख्य उद्देश्यहरूमा निम्नलिखित छन्:
- आर्थिक शिथिलता अन्त्य गर्ने: वित्तीय संस्थालाई विसङ्गती मुक्त बनाउने।
- सार्वजनिक संरचना सुधार गर्ने: छरितो सेवा प्रवाहसँगै सुशासन कायम गर्ने।
- काम–रोजगारी–उद्यमशीलता र स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने: नेपाली जनताको सर्वोपरि हितलाई केन्द्रमा राखिएको छ।
- भौतिक पूर्वाधार विकास र अन्तर निकाय समन्वयलाई प्रभावकारी तुल्याउने:ऊर्जा विकास एवं सूचना र संचार नीतिगत व्यवस्था गर्ने ।



