बिरामीहरुको उपचारमा रगतको अभाव देखिन थालेको छ जसले तीन प्रदेशका गम्भीर अवस्थाका बिरामीहरुलाई प्रभावित गरेको हो। रक्तदानको क्रम घट्दा, विभिन्न संस्थाहरुले बढीभन्दा बढी रक्तदान गर्न अपिल गरेका हुन्।

रक्तदानका लागि संस्थागत र व्यक्तिगत रक्तदानमा फेरि तीव्रता आएको रक्तसञ्चार केन्द्र नेपालगञ्जले जनाएको छ। केन्द्रले वर्षातको मौसममा सङ्क्रमणजन्य रोग र सडक दुर्घटनाको समस्या समेत उपचारका लागि रगतको माग बढेको बताएको छ। बाँकेमा रहेको रक्तसञ्चार केन्द्रमा प्रतिदिन ६५ पिन्ट रगतको माग हुने बताएको छ। सन्देश दैनिकले त्रैमासिक रक्तदान कार्यक्रम सम्पन्न गरेको हो। पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले रक्तदानलाई नियमित गर्न सबैसँग आग्रह गरेका हुन् ।


