कैलाली, ११ पुष ।
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाबाट प्रहरीले नक्कली नोट सहित बाघको हड्डी तथा जडिबुटी ओसारपसार गर्ने ५ जनालाई पक्राउ गरेको छ । शनिबार विशेष सूचनाको आधार खटिएको प्रहरी टोलिले कैलाली चुरे गाउँ पालिका वडा नम्बर ६ निवासी ५५ वर्षीय लालबहादुर साउँदलाई पक्राउ गरेको हो ।

पक्राउ परेका राउँदसंग प्रहरीले ४ थान नक्कली निट बरामद गरेको थियो । साउँद माथी थप अनुसन्धान गर्दा प्रहरीले नक्कली नोट तथा जंगली जीव जन्तुको अङ्ग ओसारपसार गर्ने गिरोह नै रहेको खुलासा भएको हुँदा थप ४ जनालाई अलगअलग स्थानबाट पक्राउ गरेको हो । दार्चुला जिल्लाको लेकम गाउँपालिकाका वडा नम्बर १३ बस्ने ३३ वर्षीय लिलाधर मिश्र, डोटीको शिखर नगरपालिका वडा नम्बर १० बस्ने ३० वर्षीय करन सिंह धामी, सोही जिल्ला बडिकेदार गाउँपालिका वडा नम्बर ६ बस्ने ५० वर्षीय मोहन सिंह बोहरा र सोही कोठामा बस्ने १९ वर्षीय टेकेन्द्र धामी हुन् । पक्राउ परेका गिरोहबाट प्रहरीले १ हजारको नोटका दरले १ लाख ३८ हजार नक्कली नोट गरि जम्मा १ लाख ४२ हजार बरामद गरेको हो ।

त्यस्तै गिरोहले बकस भित्र लुकाएर राखेको बाघको जस्तो देखिने अस्थीपंजर हड्डी जसको तौल ५ किलो ५ सय ३० ग्राम छ । त्यस्तै जडिबुटी बैंक भौचर लगायतको कागजात बरामद भएको छ । लामो समय देखि गिरोहले जडिबुटी तथा हड्डी ओसारपसार गर्दै आएको हुन सक्ने प्रहरीको अनुमान छ । पक्राउ परेका अभियुक्तहरु माथी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
Back to top button