राजनीतिसमाज

पूर्व-पश्चिम रेलमार्ग निर्माण असम्भव `मन्त्री राई´ ।

बाँके, ११ असोज ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले सरकारी ढुकुटी प्रयोग गरेर पूर्व-पश्चिम रेलमार्ग निर्माण असम्भव रहेको बताएका छन्। नेपाल पूर्वाधार पत्रकार समाजसँगको भेटमा उनले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण गर्न १० वर्ष समयावधी र २४ खर्ब रुपैयाँ खर्च लाग्ने देखिएको बताए।

यत्रो खर्च गरेर निर्माण गरिने रेलमार्गबाट हुने मुनाफा भने नदेखिएको उनको भनाइ छ। अन्य क्षेत्रमा लगानी नगरी पूर्व-पश्चिम रेलमार्ग निर्माणमा मात्र पुँजीगत खर्च लगाउने हो भने पनि ६ वर्षको बजेट छुट्याउन पर्छ। जुन सम्भव देखिँदैन,’ उनले थपे।

औचित्य र आवश्यकता हो भनेर जग्गा प्राप्ति गरी निर्माण गर्ने हो भने पनि न्यूनतम २४ खर्ब रुपैयाँ नभइ पूर्व–पश्चिम रेलमार्ग निर्माण हुन नसक्ने उनले बताए। ‘देशको बजेट नै ४ खर्ब र कार्यान्वयन तीन खर्ब रुपैयाँ मात्र भइरहेको छ। यस्तो अवस्थामा त्यो रेलमार्ग निर्माण सम्भव छैन्,’ उनले भने। अहिले नेपालको आर्थिक अवस्था र स्रोतको उपलब्धताको हिसाबले निर्माण गर्न नसकिने उनले स्पष्ट पारे।

सरकारले निर्माण नगरे पनि अन्य कुनै देश वा कम्पनी आएर, तोकिएको भाडादर लिनेगरी पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण र सञ्चालन गर्ने प्रस्ताव गरेको खण्डमा भने दिन सकिने मन्त्री राईले उल्लेख गरे।

त्यस्तै, अहिले पनि कुर्था जनकपुर जयनगर रेल सञ्चालन घाटामा रहेको उनको भनाइ छ। उनले नेपालमा पानी जहाज सञ्चालन पनि सम्भव नरहेको ठोकुवा गरे। ‘केहीले वर्खे पानीमा कागजको पानीजहाज चलाएको र यथार्थमा नै चल्ने हल्ला गरेको सुनिन्छ, तर त्यो सम्भव नै छैन्,’ उनले भने।

श्रोत:- सेतोपाटी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button