अर्थतन्त्रसमाज

बैंक तथा वित्तीय संस्थालाई सबै ग्राहकको पहिचान गर्न निर्देशन ।

काठमाडौं, १६ मंसिर ।

नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई सबै ग्राहकको पहिचान गर्न भनेको छ । ग्राहकको पहिचान (केवाईसी) हुन नसकेमा त्यस्तो ग्राहकसँग व्यवसायीक सम्बन्ध स्थापित नगर्न भनेको छ ।

पहिचान हुन नसक्ने ग्राहकको खाता समेत नखोल्न भनेको छ । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७८ को निर्देशन १९ मा संशोधन गर्दै यस्तो आग्रह गरेको हो ।

‘प्रचलित कानून बमोजिम ग्राहक पहिचान सम्बन्धी प्रावधानहरु पालना हुन नसक्ने व्यक्तिको हकमा खाता नखोल्ने वा व्यावसायिक सम्बन्ध स्थापना नगर्ने वा खाता खोलेको भए व्यावसायिक सम्बन्ध अन्त्य गर्नुपर्नेछ । यस्तो अवस्थामा संस्थाले आवश्यक ठानेमा शंकास्पद कारोबार-गतिविधी प्रतिवेदन वित्तीय जानकारी इकाईमा पेश गर्नेछ’ राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

कुनै ग्राहक सम्पत्ति शुद्धीकरण वा आतंकवादी क्रियाकलापमा संलग्न रहेको शंका लागी त्यस्तो ग्राहकको पहिचान प्रक्रिया अगाडी बढाउँदा शंका गरेको विषय ग्राहकले आभाष हुने देखिएमा संस्थाले ग्राहक पहिचान प्रक्रिया अगाडी नबढाई शंकास्पद कारोबार÷गतिविधी प्रतिवेदन वित्तीय जानकारी इकाइमा पेश गर्न भनेको छ ।

बैंक तथा वित्तीय संस्थाले यस निर्देशन अन्तर्गत तर्जुमा गरिएको नीति तथा कार्यविधिमा आतङ्कवादी क्रियाकलाप तथा आम विनाशकारी हातहतियारको निर्माण तथा विस्तारमा वित्तीय लगानी नियन्त्रण सम्बन्धमा छुट्टै प्रावधान राख्नुपर्नेछ ।

साथै, सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को परिच्छेद ६ख. मा उल्लेखित व्यवस्था पालना हुने गरी आतङ्कवादी क्रियाकलाप तथा आम विनाशकारी हातहतियारको निर्माण तथा विस्तारमा वित्तीय लगानी सम्बन्धमा निरन्तर अनुगमन गर्नको लागि कार्यप्रणाली अवलम्बन गर्नु पर्नेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button