चौतिस अरब लगानीमा बुटवल-गोरुसिंगे-चन्द्रौटा ६९ किलोमिटर सडक बिस्तार हुँदैछ जसका लागि पूर्व सर्वेक्षणसहित ठेक्का प्रक्रिया अगाडि बढाइएको बुटवल गोरुसिंगे चन्द्रौटा सडक निर्माण परियोजनाले बताएको छ । उक्त सडक ४ लेनको बनाउन सडक बिस्तारमा विश्व बैंकले २७ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने छ।
ठेक्का प्रक्रियाका लागि सडक क्षेत्रका रुख काट्नुपर्ने , घर भत्काउनु पर्ने बिजुली तथा टेलिफोन तारका सार्नुपर्ने भएकाले विश्व बैंकको कार्यान्वयन निकायमा पठाएको छ। प्रस्ताव स्वीकृत भएर आएपछि ठेक्का खोल्ने बताइएको छ । सडक निर्माणको भौतिक काम २०२३ नोभेम्बरमा सुरु भएर २०२६ नोभेम्बरमा सक्ने गरी पहिलो चरणमा बुटवलदेखि कपिलवस्तुको गोरुसिंगेसम्मको ५० किलोमिटरमा काम हुनेछ। जसको ४ वर्षअघि एसियाली विकास बैंकको सहयोगमा डिजाइन गरिएको थियो। उक्त डिजाइन कार्यान्वयन गर्न गर्नुपर्ने काम र लगानीसहितको विवरण निकालिएको छ। क्षतिपूर्तिसहित निश्चित मापदण्ड पुर्याएर त्यसको व्यवस्थापन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ। उक्त निर्णयअनुसार काम अगाडि बढाउने जिम्मा सडक डिभिजन कार्यालय शिवपुरले पाएको छ।




