बाँके, १ मंसिर ।
पाकिस्तानको तहरीक–ए–इन्साफका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री इमरान खानले वजिराबाद हत्याकाण्डपछि पनि आफ्नो ज्यान खतरामा रहेको बताएका छन् ।
फ्रान्सेली न्यूज च्यानल फ्रान्स २४ टुडेलाई दिएको अन्तर्वार्तामा इमरान खानले भने, “मलाई लाग्छ उनीहरूले फेरि प्रयास गर्न सक्छन् , मेरो ज्यान अझै खतरामा छ, मेरो पार्टी पाकिस्तानको सबैभन्दा लोकप्रिय राजनीतिक पार्टी हो, त्यसैले उनीहरूले मलाई मार्ने प्रयास गर्न सक्छन् ।”
पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई ठूलो जनसमर्थन रहेको र आफूलाई प्रतिस्पर्धाबाट हटाउने एउटै उपाय मार्नु भएको बताएका छन् ।
अन्तर्वार्तामा, इमरान खानलाई सोधिएको छ कि आक्रमणको सम्बन्धमा गिरफ्तार गरिएको संदिग्ध व्यक्तिले अपराध स्वीकार गरेको छ र संदिग्धले आफ्नो धार्मिक आस्थाका कारण यस्तो गरेको बताएको छ । अझै पनि तपाईं पाकिस्तानका प्रधानमन्त्री, गृहमन्त्री र आईएसआईका वरिष्ठ अधिकारीलाई षड्यन्त्रमा संलग्न भएको आरोप लगाउँदै हुनुहुन्छ?
जवाफमा पूर्वप्रधानमन्त्री इमरान खानले भने, “मैले साढे तीन वर्ष सरकार चलाएँ र सबै गुप्तचर एजेन्सीहरू मेरो मातहतमा काम गर्थे, मलाई थाहा छ उनीहरू कसरी काम गर्छन्।”

Back to top button