शिक्षा

कक्षा १२ को पुरक परीक्षा तालिका सार्बजनिक ।

बाँके, १९ भदौ ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को पुरक परिक्षाको (ग्रेड वृद्धि) समय तालिका तथा आवेदन फारम बुझाउन सूचना प्रकाशन गरिएको छ । २०७९ असोज ३० गते आइतबार अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै  विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने नम्बरहरु मध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुने बोर्डले सूचना पत्र मार्फत जनाएको छ ।

त्यस्तै ३१ असोज सोमबार दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि परीक्षा दिने नियमहरु मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा लिने जानकारी गराइएको हो ।

परीक्षामा सहभागी हुन असोज ७ गतेभित्र बोर्डको बैंक खातामा परीक्षा शुल्क ६०० बुझाई असोज २५ गते सम्म फारम भर्नुपर्ने छ । तोकिएको अवधि भित्र शुल्क बुझाउन नभ्याएका विद्यार्थीले १४ गतेसम्म दोब्बर दस्तुर तिरेर परीक्षा शुल्क बुझाउन सक्ने सूचनामा उल्लेख छ । खातामा जम्मा गरेको भौचर सहित आवेदन फारम बुझाउनुपर्नेछ ।
कक्षा १२ को वार्षिक परीक्षामा निममित परीक्षार्थीको रूपमा परीक्षामा सहभागी भइ सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम डी वा सोभन्दा माथिको ग्रेड प्राप्त गरी बाँकी दुई विषमा एनजी प्राप्त गर्न वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा अनुपस्थित भएका परीक्षार्थीहरुका लागि दुई विषयसम्म ग्रेड वृद्धि परीक्षामा सहभाी हनु पाउनेछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button