राजनीति

नेपाली सेना र नेपाल प्रहरीलाई कर बुझाउन बालेनको पत्र ।

काठमाडौँ, २३ भदौ ।
काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र शाहले नेपाली सेना र नेपाल प्रहरीलाई बहाल कर बुझाउन ताकेता गरेका छन् ।  नेपाल आर्मी, नेपाल प्रहरी र समाज कल्याण परिषद्लाई बहाल कर बुझाउन भन्दै मेयर  शाहको निर्देशनमा महानगरको राजस्व विभागले पत्र लेखेको छ ।

कार्यालयहरूले आफ्नो क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएकोले वडा कार्यालयमा बहाल कर बुझाउन पटक पटक ताकेता गरे पनि नबुझाएपछि ताकेता गरेको जनाएका छन् ।

बहाल आम्दानीको विवरणसहित पत्र प्राप्त भएको १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गएर नियमानुसार नबुझाए बहाल कर र जरिवाना दुबै बुझाउनु पर्ने महानगरले पतमा उल्लेख गरेको छ ।

तोकिएको मितिभित्र बहाल कर नबुझाए महानगरापलिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी बाँकी कर असूलउपर गर्न आवश्यक प्रक्रिया अघि बढाइने जनाएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button