राजनीति

विप्लव समुहले चुनाव बहिस्कार गर्ने, गजुरेल समुहले भाग लिने ।

काठमाडौँ, १ भदौ ।

आगामी ४ मंसिरमा हुन गइरहेको संघीय तथा प्रदेश निर्वाचनमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्‍ट पार्टीले निर्वाचनमा भाग नलिने भएको छ । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा शान्ति प्रक्रियामा आएको चन्द नेतृत्वको नेकपाले संघीय र प्रदेश संसद्‌का दुवै चुनाव बहिस्कार गर्ने भएको हो । शान्ति प्रक्रियमा आए पनि अझै पनि मुद्धाहरू फिर्ता नभएको भन्दै सरकारकासँग आक्रोशित चन्द समुहले निर्वाचन प्रयोजनका लागि दल दर्ता नगराएको बुझिएको छ । उता, मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा आवद्ध सीपी गजुरेलले भने देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल पार्टीमार्फत निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । गजुरेल नेतृत्वको सो मोर्चा बैद्य समुहको एक घटक हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button