राजनीति

बालेनलाई नेता महेश बस्नेतको संदेश ।

बाँके, १२ मंसिर ।

महेश बस्नेतले काठमाडौ महानगर पालिकाका मेयर बालेन शाहलाई संदेश दिएका छन् । उनले भने, `बिना बिकल्प , बिना क्ष्यतिपूर्ति सुकुम्बासी बस्तीमा डोजर लाउने काम फेरी गरिएछ । ओली सरकारले बनाएको भूमीहिन समस्या समाधान आयोगले भूमीहिन र सुकुम्बासी समस्या समाधान गर्ने सम्बन्धमा दिएका सुझाबहरुलाई यो गठबन्धन सरकारले अलपत्र पारेको छ । आयोगनै रद्धिको टोकरीमा लगेर थन्काएको छ । अघिल्लो सदनले पाँस गरेको भू-उपयोग ऎनले भूमीहिन र सुकुम्बासी समस्या समाधान गर्ने बिषयमा गरेका ब्यबस्थालाई कार्यान्वयन गर्ने हो भने समस्या तत्काल समाधान गर्न सकिन्छ । चुनाबी परिणाम घोषणाको अन्तिम क्षणमा नयाँ सरकार बन्ने कसरत भैरहेको बेलामा कस्को स्वार्थपूर्ति गर्न यस्तो हर्कत गरिदैछ । मंसिर महिनाको यो कठ्याग्रींदो जाँडोमा गरिबको बस्ती उठाएर कसैको भलो हुदैन । म फेरी पनि भन्छु उचित समय बिना बिकल्प र बिना क्षतिपूर्ति, गरिब , सुकुम्बासी र साना ब्यबसायीहरुलाई उठाएर बिच्चल्ली बनाउन पाइदैन । जनतालाई आन्दोलन गर्न बाध्य पार्ने अनि बिचरा नगर प्रहरीहरु घाईते हुने यो कुराले कसैलाई लाभ र फाइदा होला जनता र देशलाई फाइदा हुदैन ।´ सोमबार उनले आफ्नो सामाजिक सञ्जाल मार्फत बालेनलाई लक्ष्यित गरि लेखा हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button