अन्तर्राष्ट्रियराजनीति

मलेसियाका पूर्वप्रधानमन्त्री रजकलाई १२ वर्ष जेल सजाय ।

बाँके, ०८ भदौ ।

भ्रष्टाचारको आरोपमा मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजकलाई १२ वर्ष जेल सजाय तोकिएको छ।
मलेसियाको उच्च अदालतले उनको अपील अस्वीकार गरेपछि नजिबलाई जेल चलान गरिएको हो। सरकारी स्वामित्वमा रहेको स्वास्थ्य कोष वान मलेसिया डेभलभमेन्ट बरहाड (वानएमडीबी) दुरूपयोग गरेको अभियोगमा ६९ वर्षीय पूर्वप्रधानमन्त्रीलाई जेल सजाय तोकिएको हो।
उनलाई सन् २०२० को जुलाईमा दोषी ठहर गरिएको थियो, तर पुनरावेदनका क्रममा जमानतमा छुटेका थिए। उनीमाथिको दण्ड ढिलाई गर्न नजिबले गरेको अनुरोधलाई अदालतले अस्वीकार गरेको छ। यसैबीच आफूले कुनै गलत काम नगरेको उनले निरन्तर बताउँदै आएका छन्। नजिबले आफू निर्दोष रहेको दाबी गर्दै आफ्ना आर्थिक सल्लाहकारले फसाएको बताएका छन्।
सन् २०२० मा एक अदालतले नजिबलाई विभिन्न सात वटा अभियोगमा दोषी पाएको थियो। उनलाई करिब ४ करोड २० लाख मलेसियाली रिंगीट (एक करोड ३ लाख डलर) भ्रष्टाचार गरेको आरोप लागेको छ। नजिबले आफू प्रधानमन्त्री हुँदा सन् २००९ मा मलेसियाको आर्थिक विकासका लागि भन्दै ‘दि वान मलेसिया डेभलपमेन्ट बर्हार्ड फन्ड’ स्थापना गरेका थिए। उक्त कोषबाट लाखौं डलर निजी खातामा राखेको पाइएपछि अनुसन्धान थालिएको थियो। उक्त रकम रियल स्टेट, निजी विमान, हलिउड फिल्मलगायतमा लगानी गरेको भेटिएको थियो।
रजाक सन् २००८ देखि २०१८ सम्म मलेसियाको प्रधानमन्त्री थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button