
बाँके,३० साउन ।
बाँकेको नेपालगञ्ज वसपार्क स्थित वेवारिसे अवस्थामा एक जना शिशुको शव फेला परेको छ ।चारपाँच महिनाको उमेर अन्दाज गरिएको शिशुको सव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको हो । खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली घटनास्थल पुगी सवलाई नियन्त्रणमा लिएका थिए । शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डम्वर पालले बताएका छन् । डम्बरका अनुसार शव सडेको अवस्थामा भेटिएको हो ।
शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा पठाई घटना बारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी गराए ।
तस्वीर, मेराज सलमानी


