विपदबाट अपांगमा पर्ने असर बारे अभिमुखिकरण ।

बाँके, ४ पुष ।
बाँकेको कोहलपुर नगरपालिकामा अपांगता भएका ब्यक्तिहरुलाई विपदमा हुने क्षतिबाट जोगाउन बैठक सम्पन्न भएको छ । सि.वि.एम ग्लोबलको आर्थिक सहयोगमा डेक नेपाल कोहलपुरद्वारा आयोजना गरिएको बैठकमा विपदबाट अपांग ब्यक्तिहरुले भोग्नु परेको क्षतिबाट जोगाउन पुर्वयोजना जरुरी रहेको बताइएको छ ।
सि.वि.एम र अपांग सशक्तीकरण एवं सञ्चार केन्द्र डेकले कोहलपुर नगरपालिका र बैजानाथ गाउँपालिकाको वडा अध्यक्ष, प्रशासकीय अधिकृत, सामाजिक विकास केन्द्रका प्रतिनिधिहरु बीच संयुक्त रूपमा विपदबाट अपांगता भएकालाई पर्ने असर बारे जानकारी गराएको हो ।
डेकका कार्यक्रम संयोजक नवीन गिरिले आगलागी , भुकम्प, हिमपात, बाढी पहिरो लागयतबाट अपांगता भएकहरुमा पर्न सक्ने असर र त्यसको न्यूनीकरण बारे बताएका हुन् । उनले सबै समस्याबाट जोगाउन स्थानीय सरकारले पुर्वयोजना बनाउन जरुरी रहेको जिकिर गरे । सरकारले अपांगता भएका ब्यक्तिहरुलाई सहभागी गराएर योजना बनाउनु पर्ने उनको भनाइ थियो ।
नेपाल राष्ट्रिय अपांग महासंघका निवर्तमान महासचीव राजु बस्नेतले नीतिगत कुरा ब्यवहारमा उतारेर काम गरे जोखिमलाई न्यूनीकरण गर्न सजिलो हुने बताए । अपांगता भएकाहरुको सहभागिता र समावेशीतले जोखिम कर्म गर्नको साथै महासंघ कै पदाधिकारी निर्मल भण्डारीले जानकारी गराए ।
अपांगता भएकाहरुमा पर्न गएको असर तथा जोखिम न्यूनीकरण सम्बन्धि गरिएको एक दिने अभिमुखिकरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा वडा अध्यक्षहरुले पुर्व योजना सहित काम अगाडि बढाउने प्रतिबद्धता जनाएका हुन् ।




