मुफ्ती ए आजम ए हिन्दको ४२ औं उर्स ए नूरी भव्यताको साथ सम्पन्न ।
उर्स ए नूरीलाई सम्बोधन गर्ने भारतका वरिष्ठ आलीम ए दीन तथा ईस्लामिक प्रचारक एवम् दरगाहका प्रमुख सचीव मुफ्ती सलीम नूरीले भने, मुफ्ती ए आजम ए हिन्द अर्थात मुस्तफा रजा खानले गरेको कामलाई अहले सुन्नत वल जमातले कहिले बिर्सिने छैन।

संवाददाता ,
कपिलवस्तु , २७ साउन ।
अमन शान्ति आपसी सौहार्द , भाइचारालाई बढावा दिने भारतको महान सूफी मुस्तफा रजा खान हुजुर मुफ्ती ए आजम ए हिन्दको ४२ औं उर्स ए नूरी भव्यताको साथ सम्पन्न भएको छ । दरगाह ए आला हजरत स्थित रहेको सदाग्रानमा शुक्रबार उर्स ए नूरीको आयोजना गरिएको हो । उर्स ए नूरीमा भारत नेपालका वरिष्ठ आलीम ए दीन मौलाना मुफ्ती सूफी हाफिज कारी लगायत हजारौंको संख्यामा मुरिदीनहरुको उपस्थिति रहेको थियो । मुस्तफा रजा खान रजिअल्लाह हु त आला अन्हुले भारत नेपाल लगायतको दर्जनौं देशको भ्रमण गरेर सूफी खानकाही विचारधाराको अनुयायीहरुलाई एकजुट बनाउएका थिए । उर्स ए नूरीलाई सम्बोधन गर्ने भारतका वरिष्ठ आलीम ए दीन तथा ईस्लामिक प्रचारक एवम् दरगाहका प्रमुख सचीव मुफ्ती सलीम नूरीले भने, मुफ्ती ए आजम ए हिन्द अर्थात मुस्तफा रजा खानले गरेको कामलाई अहले सुन्नत वल जमातले कहिले बिर्सिने छैन। सूफी विचारधाराबाट अलग जमात बनाएर दीन ए ईस्लामको वास्तविक संदेशलाई फेर बदल गरि अनुयायीहरु बीच प्रस्तुत गरि रहेको बेला मुस्तफा रजा खानले लाखौं मुस्लिम अनुयायीहरुको ईमानको रक्षा गर्नु भएको थियो । नेपालको विकट भुभाग समेतमा पुगेर त्यहाँको नागरिकहरुलाई दीन ए ईस्लामको वास्तविक संदेशबाट परिचित गराउने जातको नाम मुस्तफा रजा खान हो । मुफ्ति ए आजम ए हिन्दले सामाजिक , आर्थिक धार्मिक विकासका लागि युवाहरूलाई निकै प्रोत्साहित बनाउने काम गरेको पनि सलीम नूरीले बताउनु भयो । मुफ्ती अहसन रजा खानको हवाला दिँदै उहाँले भन्नू भयो मुफ्ति ए आजम ए हिन्दले लगभग भारतको सबै क्षेत्रमा भ्रमण गर्नु भएको थियो । यसैका साथ उहाँले विश्व कै सुन्नी मुस्लिम समुदायलाई संदेश दिँदै भन्नू भयो , सामाजिक आर्थिक धर्मिक विकासका लागि उल्मा युवा धार्मिक गुरु, विद्वान सबै एकजुट भएर लाग्नु पर्छ । समाजमा मानवता, आपसी सौहार्द भाइचाराको वातावरण सृजना गर्न जरुरी छ । सूफी विचारधाराको प्रमुख उद्देश्य नै दीन ए ईस्लामको वास्तविक संदेशलाई समुदायका हरेक ब्यक्ति माझ पुर्याएर समाजमा शान्ति कायम गर्न रहेको उहाँले बताउनु भयो ।



