बाँके, २६ साउन।
सामाजिक विकास मञ्चको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिका, ग्रीन नेपालगञ्ज, सेभ दि चिल्ड्रेनको सहकार्यमा एक युवा एक बिरुवा अभियान आरम्भ गरिएको छ । शुक्रबार बाँकेको नेपालगञ्ज वडा नम्बर १० महेन्द्र पार्क परिसरमा करीब १ सय ५० जना युवालाई आँप, आमला, गुलमोहर, कागती, जामुन, फरेन्द लगायतको बिरुवा प्रदान गरि हरित नेपालगञ्ज बनाउन प्रोत्साहित गरिएको छ ।

प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राई अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना दिँदै वृक्षरोपण तथा बोटबिरुवा जोगाउन युवाहरुलाई आग्रह गरे । उनले भने बोटबिरुवा भएको क्षेत्रमा समयमा पानी पर्ने तथा स्वच्छ वातावरण निर्माण हुन्छ । जसले मानव जीवनलाई सहज बनाउने गर्छ । त्यस्तै ग्रीन नेपालगञ्जका अभियनता तथा चिकित्सक विनोद कर्णले बिटबिरुवाको हाम्रो जीवनमा निकै महत्त्व रहेकोले हामीले वृक्षारोपण गर्नुपर्छ भनी बताए ।

उनले भने,`जसरी मान्छे फोक्सो बिना बाँच्न सक्दैन त्यसरी नै पृथ्वी बिरुवा बिना पनि बाँच्न सक्दैन । मानव भएर जन्मिसकेपछी हरेक ब्यक्ति समाज प्रतिको जिम्मेवार हुन्छ। स्वच्छ सफा नेपालगञ्ज तथ हरित नेपालगञ्ज निर्माणका लागि हरेक ब्यक्तिले आफ्नो तहबाट भुमिका खेल्न जरुरी छ । हामीले आउने पुस्तालाई स्वच्छ र सफा वातावरण दिनु हाम्रो जिम्मेवारी हो ।´

त्यस्तै वडा नम्बर २ का वडा अध्यक्ष मनोज श्रेष्ठ, वडा नम्बर १२ का अध्यक्ष मनोज श्रेष्ठ र नम्बर ८ का वडा सदस्य निखिल गुप्ताले समेत युवाहरुलाई वृक्षारोपण गर्न प्रोत्साहित गरे । हरित नेपालगञ्ज अभियान कार्यक्रममा संस्थाका अन्य सदस्य, नेपालगञ्ज उपमहानगरपालिकाका रोजगार शाखा प्रमुख अनुप वर्मा, बालाधिकारकर्मी साहिल अन्सारी , युवा अभियनता समीर अली बेहना लगायतको उपस्थिती जनाएका हुन्।
Back to top button