अन्यसमाज

कुखुरा पालक व्यावसायी सँघको ज्ञापनपत्र ।

बाँके, १५ मंसिर ।
कुखुरा पालक व्यावसायी सँघले जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएको छ । भारतीय सिमा नाकाबाट अवैध रूपमा दैनिक ५० देखि ६० क्वीन्टलको हाराहारीमा कुखुरा तथा तयारी अवस्थामा मासु ओसारपसार भएको भन्दै बिहीबार सँघले ज्ञापनपत्र बुझाएको हो । सँघका अनुसार साईंगाउँ, सैनिक ,नरैनापुर , बनियाँ गाउँ , भोजभगवानपुर , शितापुरी नाका, मानखोला, सुय्या बगौढा, जमुनाह नाका लगायतको क्षेत्रबाट कुखुरा तथा मासु भित्र्याइएको छ । भारतबाट जुडेका अधिकाँश नाका तथा खेतको बाटो भएर कोहलपुर ,नेपालगञ्ज, खजुरा, लगायतको बजारमा रहेका फ्रेस मासु पसल तथा होटलहरुमा पुर्‍याइएको सँघका अध्यक्ष ईश्वरी प्रसाद सुवेदीले बताएका छन् । सुवेदीका अनुसार अवैध रूपमा यतिको मात्रमा मासु तथा कुखुरा ओसारपसार हुँदा स्थानीय पोल्ट्री फार्महरुलाई सास्ती भएको छ । जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै सँघले नियन्त्रण गर्न माग गरेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक सिडिओ हरी प्याकुरेलले प्रशासनको गम्भीर ध्यानाकर्षण भएको र समयमै नियन्त्रण गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । उहाँले जिल्ला भित्र अवैध रूपमा हुने सम्पुर्ण कारोबारलाई ब्यवस्थापन गर्ने बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button